बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने
काठमाडौं : संघीय संसदका दुवै संसदमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो।
बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बैठकमा एमालेका साँसदहरुलाई कडा रुपमा प्रष्तुत हुने अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । एमालेले बजेटलाई हावादारीको संज्ञा दिएको छ । अध्यक्ष ओलीले बजेटका बारेमा संसदमै भण्डाफोर गर्न आफ्ना साँसदहरुलाई निर्देशन दिइसक्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्री, #जनार्दन शर्मा, #संघीय संसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्