Techie IT
शुक्रबार, जेठ १०,२०८२

आर्थिक वर्ष २०७९/८० को बजेट : चारपांग्रे सवारीमा लाग्ने कर पनि बढ्यो


सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको हो ।

२ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५÷५ प्रतिशतले अन्तःशुल्क बढेको छ ।

त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् ।

१५०० सम्मका कार, जीप÷भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएका छन् ।

यसअघि १५०० देखि २००० सीसीका कारमा लाग्दै आएको अन्तःशुलक ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चारपांग्रे सवारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Thunderstorm
5:09 am6:51 pm +0545