जहाज हराउनु अघि पाइलटले के भनेका थिए ?
काठमाडौँ, १५ जेठ । जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेको आकाशमाथिबाट अन्तिमपटक कुराकानी गरेको खुलेको छ ।
विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले पाइलट घिमिरेसँग कुराकानी भएको बताए ।
पाइलट घिमिरले कुराकानीमा हावाको गतिको विवरण सोधेको शर्माले बताए ।
हावाको विवरण दिएपछि आफूले समिटको जहाज अवतरण गराउन लागेको र त्यसपछि तारा एयरको जहाजलाई पुन: सम्पर्क गर्दा सम्पर्क नभएको शर्माले बताए ।
जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको शर्माको भनाइ छ ।
जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ । शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो । यो गति सामान्य नभए पनि जोमसोममा भने यो गतिमा विमान टेक अफ र अवतरण हुने शर्माले जनाए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारा एयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्