हराएको तारा एयरको जहाजमा को को थिए ? (नामावलीसहित)
पोखरा । पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ।
तारा एयरको 9N-AET कल साइन भएको ट्वीनेटर जहाज आइतबार बिहान ९।५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना हुनुहुन्थ्यो ।
नागरिक उड्डयन कार्यालय पोखराका अनुसार जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेका छन् ।
विमानमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा हुनुहुन्थ्यो । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ हुनुहुन्थ्यो ।
यसैगरी प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको बताइएको छ ।
जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारा एयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्