पार्टीको अनुहार जनप्रतिनिधिमा देखिनुपर्छ: वर्षमान पुन
बनेपा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले हरेक जनप्रतिनिधिको अनुहारमा पार्टी देखिनुपर्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले हरेक जनप्रतिनिधिले गरेको कामको जिम्मा पार्टीले लिने बताउनुभएको छ ।विगतका निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएर गएपछि पार्टीले कहिल्यै पनि नखोजेको र निर्वाचित भएकाले पनि पार्टीलाई नखोजेका कारण समस्या आएको जनाउँदै अब त्यसो नहुने उहाँले बताउनुभयो ।
नेता पुनले सङ्घीयता, समावेशिता र स्थानीय स्वायत्तता माओवादीको नीति भएकाले विगतमा विजय हासिल गरेर व्यवस्था बदलेको र यस पटक भएको विजयले जनताको आर्थिक अवस्था बदल्ने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलान्चोकका इन्चार्ज सूर्यमान दोङले अहिले भएको विजय भन्दा गुणात्मक ढङ्गले अर्को निर्वाचनमा विजय हासिल गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
माओवादी केन्द्र काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमध्ये गाउँपालिका अध्यक्षमा विजयी खानीखोलाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारतका अध्यक्ष कान्छालाल जिम्बा, चौरी देउरालीका अध्यक्ष रेणुका चौलागाईँ, भुम्लुका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नमोबुद्ध नगरपालिका उपप्रमुख रत्नबहादुर लामा र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना लगायत विजयी वडाध्यक्ष र सदस्यलाई सम्मान पत्र प्रदान गरिएको छ ।
रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #वर्षमान पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्