दोलखामा कुन दलको कति मत ? (सूचीसहित)
दोलखा। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा दोलखामा चार पालिका प्रमुख जित्दै सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पहिलो दल बनेको छ ।
यद्यपि लोकप्रिय मत भने नेकपा एमालेकै बढी रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार दोलखाको ९ वटा पालिका र ७४ वटा वडामा प्राप्त मतका आधारमा कांग्रेसभन्दा एमाले नै अगाडि रहेको देखिएको हो ।
दोलखामा कांग्रेसले ४, एमालेले २, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले १ पालिकाको प्रमुख जितेको छ ।
सत्तारुढ दलहरुले गरेको गठबन्धनविरुद्ध लडेको एमाले लोकप्रिय मतमा अघि देखिएको हो ।
दोलखाको ९ वटा पालिका र ७४ वडाको मत परिणामअनुसार एमालेले सवैभन्दा बढी ३९ हजार ५० मत पाएको छ ।
त्यसैगरी, कांग्रेसले ३७ हजार ६ सय ४७ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले १७ हजार ३ सय ५७ मत पाएको छ ।
त्यसैगरी, कांग्रेसले २४ हजार ४७ मत पाएको थियो भने माओवादी कन्द्रले १८ हजार ८ सय २ मत पाएको थियो ।
कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव गएकोले अन्य दलको समेत मत पाएको कारण यसपटक बढेको देखिएको हो ।
यस्तो छ मत परिणाम:
शैलुङ
एमाले ५४३०
कांग्रेस ७२०४
माओवादी १४१९
बैतेश्वर
एमाले ३००५
कांग्रेस ५४४४
माओवादी १९९८
बिगु
एमाले ३४९६
कांग्रेस २६७०
माओवादी २३५६
मेलुङ
एमाले ४८९६
कांग्रेस २९४२
माओवादी १०४४
भिमेश्वर
एमाले ७४१५
कांग्रेस ७५७९
माओवादी ११५१
तामाकोशी
एमाले ३५३५
कांग्रेस ४०६४
माओवादी १०७६
जिरी
एमाले ३३७६
कांग्रेस १७२५
माओवादी २५१२
गौरीशंकर
एमाले ३२९२
कांग्रेस २५०८
माओवादी २८०३
कालिञ्चोक
एमाले ४६०५
कांग्रेस ३५११
माओवादी २९९८
जम्मा
एमाले ३९०५०
कांग्रेस ३७६४७
माओवादी १७३५७
२०७४ निर्वाचन
एमाले ३८०४७
कांग्रेस २४०४७
माओवादी कन्द्र १८८०२
क्याटेगोरी : समाचार
ट्याग : #दोलखा, #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्