Techie IT
बिहीबार, जेठ २,२०८२

जावलाखेलमा जेठ २१ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने


काठमाडौँ । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।

उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितिमा भोटो देखाइनेछ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #रातो मच्छिन्द्रनाथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545