गोरखाको रबर उद्योगको विषयमा मुख्यमन्त्री र प्रधानमन्त्री बिच छलफल
गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानमन्त्री शेरबहादुर देउवा बिच गोरखकाली रबर उद्योगको विषयमा छलफल भएको छ ।
मुख्यमन्त्री पोखरेलले गोरखा नगरपालिका १३ मा रहेको रबर उद्योग संचालनका लागि पहल गर्न प्रधानमन्त्री देउवा सँग माग राखे ।
भेटमा मूख्यमन्त्री पोखरेलले प्रदेशभित्रका मुख्य योजनाहरूको सूची संघ सरकारलाई बुझाएका छन् ।
संघीय सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणको तयारीमा रहेका बेला पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेशका प्राथमिकतामा परेका योजन बुझाएका हुन् ।
राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तर प्रदेश विकासमासमेत महत्वपूर्ण हुन सक्ने आयोजनाहरूमा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने आवश्यक रहेकाले योजनाहरू बुझाएको मुख्यमन्त्री पोखरेलले बताए ।
आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरूरी रहेको बताउँदै उनले भने, ‘उनले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना सन्चालनसँगै बुढीगण्डकी जलविद्युत आयोजनाको सुरूआत गर्न आग्रह गरेको छु ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्