प्रधानसेनापति शर्माद्वारा माछेखाेला ब्रिज उद्घाटन
गोरखा। नेपाली सेनाले गोरखाको माछेखोलामा निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ । नेपाली सेनाले दुई करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको माछाखोला पुलको बिहिबार एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ शर्मा, सडक विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपाल, पुल महशाखाका उपमहानिर्देशक उमेशविन्दू श्रेष्ठ लगायत सहभागी थिए ।
बेनिघाट, आरुघाट लार्के सडक निर्माण गरिरहेको नेपाली सेनाले हालै माछाखोलामा १२० फिट बेलिब्रिज निर्माण गरेको थियो ।
२०७४ सालदेखि निर्माणको जिम्मा लिएको सेनाले अहिलेसम्म ३२ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ ।
दोभानसम्मको १८ किलोमिटर खण्डमा गाडी चल्न सुरु गरेको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रभुराम शर्मा, #माछाखोला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्