एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा एमालेको जित, मेयरमा बासुदेव थापा र उपमेयरमा सरिता तिम्सिना
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिका भक्तपुरमा एमालेको जित भएको छ।
सूर्यविनायक नगरपालिका भक्तपुरमा नेकपा एमालेका मेयर उमेदवार बासुदेव थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयर उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत पाउनुभएको छ । मेयरका उमेदवार थापाले १५२६ मत बढि ल्याएर काँग्रेसका उमेदवारलाई हराउनुभएको हो । थापा यसअघिपनि सूर्यविनायक नगरपालिकाको मेयर हुनुहुन्थ्यो ।
त्यसैगरी, उपमेयरको पदमा पनि नेकपा एमालेकै उमेदवारको जित भएको छ । उपमेयरका उमेदवार सरिता तिम्सिना भट्टराईले प्रतिद्धन्दीसँग निकै नै फराकिलो मतसहित विजयी हुनुभएको छ । उहाँले १४ हजार ४ सय ९० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा समाजवादीका श्याम बस्नेतले ६ हजार ६ सय ६१ मत पाएर पराजित हुनुभएको छ । केहीवेर अघि सकिएको मतगणनामा एमालेले जीत हासिल गरेको पुर्वमन्त्री महेश बस्नेतले सूचनाप्रेसलाई बताउनुभयो । एमालेअध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा बालकोटमा रहेको महेन्द्र शान्ति माविमा मतदान गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले, #बासुदेव थापा, #भक्तपुरमा, #सरिता तिम्सिना, #सूर्यविनायक नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्