प्रचण्डको उर्दी– हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् ।
गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् ।
कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।
‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो, देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट हाल्नुभएन भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।
क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्