Techie IT
मंगलबार, वैशाख २३,२०८२

चुनावको मुखैमा भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी किन आए काठमाडौँ ?


काठमाडौँ, १९ वैशाख । नेपालमा स्थानीय तहको निर्वाचनको सम्मुखमा भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएका छन् ।

उनी सोमबार साँझ ५ बजे भिस्तारा एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम रहेको बताइएको छ ।

उनी ५ दिन नेपाल भ्रमणमा रहेका बेला रारा वा मुस्ताङ जान सक्‍ने बताइएको छ । उनी शुक्रबार स्वदेश फर्किनेछन् । उनी वैवाहकि समारोहमा सरिक हुन र छुट्टि मनाउन नेपाल आएको बताइए पनि विशेष अवस्थामा नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनी २०७५ मा पनि नेपाल आएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राहुल गान्धी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545