कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौंको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फाउण्डेशन बागमती प्रदेशले शुक्रबार काठमाडौं मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
कार्यक्रममा फाउण्डेशन बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईले कपन क्षेत्रमा बस्ने गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए । उनले जीपी फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै नागरिकको स्वास्थ्य जाँच सेवालाई विशेष प्राथमिकता दिएको बताए ।
उक्त स्वास्थ्य शिविरमा ९०२ लाई सेवा प्रदान गरिएको थियो । शिविरमा प्रसूति तथा स्त्रीरोग, बालरोग, छालारोग, हाडजोर्नी तथा नसा, नाक, कान, घाँटी साथै आँखा रोग र दाँतसम्बन्धी रोगको जाँच गरिएको थियो ।
यस्तै शिविरमा भिडियो एक्सरे सेवा, प्रयोगशाला, इसिजी सेवा पनि प्रदान गरिएको फाउण्डेशन बागमती प्रदेशका सहसंयोजक कुमार खड्काले जानकारी दिए । आगामी दिनमा बूढानीलकण्ठका सबै वडामा यस्ता शिविर सञ्चालन गर्ने उनको भनाइ छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्