गोरखामा कांग्रेसले कुनै पनि दलसँग तालमेल नगर्ने
गोरखा । नेपाली कांग्रेस गोरखाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।
शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्लामा कांग्रेसलाई पाँच, माओवादी केन्द्रलाई चार र जनता समाजवादी पार्टी (जसपा) लाई पालुङटार नगरपालिकासहित एक पालिकाको नेतृत्व दिने गरि निर्देशन दिएको थियो ।
पालुङटार नगरपालिकासहित एक स्थानीय तह दिने गरि केन्द्रले निर्देशन दिएपछि कांग्रेस गोरखाले पत्रकार सम्मेलन गर्दै गठबन्धन दलबाट बाहिरिने निर्णय गरेको हो ।
सहमतिका लागि विभिन्न चरणमा संयन्त्रको बैठकमा छलफल भएको भएपनि केही नेताका स्वार्थका कारण गठबन्धन बैठक टिक्न नसकेको आरोप लगाउदैं कांग्रेसले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।
कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको स्वार्थका कारण गठबन्धनमा रहन नसकेको आरोप लगाएको छ ।
‘केहि नेताका स्वार्थका कारण कांग्रेस गोरखा गठबन्धन दलबाट बाहिरिने निर्णय गरेका छ’, कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने पत्रकार सम्मेलनमा भट्टराईप्रति लक्षित गर्दै भने ‘जिल्लाका ११ स्थानीय तहमा नै एक्लाएक्लै निर्वाचन जाने निर्णय गरिसकेका छौं।’
उनले जिल्लाका अन्यदलसंग विभिन्न चरणमा बैठक बसेको भएपनि निर्णय पुग्न नसकेका बताए । ‘हामी चार दल आठ पटकसम्म बैठक बसेका थियौं’, उनले भने ‘तर सहमति जुट्न सकेन ।
गठबनधन जोगाउन कांग्रेसले हदैसम्म लचिलो अपनाएको भएपनि अन्यदलका कारण समाधान नभएको उनको भनाइ थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##गोरखा, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्