Techie IT
आईतबार, जेठ १०,२०८३

टोखा ६ को लाखेडाँडा पार्क निरौलाद्धारा उद्घाटन


टोखा नगरपालिका वडा नं ६ को लाखेडाँडा पार्क बागमती प्रदेश सभा सदस्य दिपक निरौला  तथा टोखा नगरपालिका प्रमूख प्रकाश अधिकारीले उद्घाटन गरेका छन ।

कुल ४० लाख रुपैयाँ लागतमा निर्माण भएको  पार्क करिब ५ रोपनी क्षेत्रफलमा  फैलिएको छ ।  स्थानिय निकाय र समितीको समन्वयमा निर्माण गरिएको हो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो पार्टीको घोषणपत्र अनुसार सार्वजनिक जग्गा संरक्षणलाई महत्त्वमा राख्दै सार्वजनिक जग्गाहरुको डिपिआर तयार पारी प्रदेश केन्द्र सरकार सँग सहकार्य गर्दै टोखा नगरपालिका भरिनै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुनेगरी कार्य गरेको जानकारी दिएका थिए। 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा


तपाईको कमेन्ट लेख्नुहोस्