बागमती प्रदेश सरकार टिकाउन १४ मन्त्रालय
काठमाडौँ, ९ पुस । बागमती प्रदेश सरकार ८ देखि १४ मन्त्रालय बनाइएको छ । सरकार टिकाउन मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो सरकार टिकाउनका लागि मन्त्रालय फुटाएका हुन् ।
त्यसै क्रममा शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै प्रदेश प्रमुख शर्माले शपथ गराएका छन् ।
यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे नियुक्त भएका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेश सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्