सभापतिको दौडबाट पछि हटे रामचन्द्र
मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भावी सभापतिको दौडबाट आफू पछि हटेको जनाउ दिएका छन् ।
काठमाडौंमा जारी १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार बन्ने प्रयास असफल भएपछि पौडेलले यस्तो निर्णय गरेका हुन् । आज शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेको स्रोतको भनाइ छ ।
पौडेलका लागि शेखर कोइराला र शशांक कोइरालाले समर्थन गर्ने अवस्थामा पुगे पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेको बताइएको छ । उनले आफ्नो पक्षबाट आफूलाई एकल उम्मेदवार बनाइएमात्रै अघि बढ्ने पहिल्यैदेखि बताउँदै आएका थिए ।
केही दिनअघि आफूपक्षको छलफलमा उनले सबै जना उम्मेदवार हुने भए आफूले राजनीतिबाटै सन्यास लिने चेतावनी समेत पौडेलले दिएका थिए । उनको उक्त भावनात्मक अभिव्यक्तिले नेपाली कांग्रेसभित्र छुट्टै तरङ्ग समेत पैदा गरेको थियो ।
उनले हिजो शुक्रबारकै उद्घाटन समारोहमा पनि सहभागिता नजनाउने चर्चा चलेको थियो । तर, नेताहरुको अनुरोधपछि उनी सहभागी भएको बताइएको छ ।
शनिबार बिहानको छलफलमा भने उनले आफूले राजनीतिबाट सन्यास पनि नलिने र उम्मेदवार पनि नहुने प्रस्ट पारेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्