अपेक्षा बनिन् मिस मुस्ताङ
थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् ।
थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् ।
भविष्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताजसहित प्रमाणपत्र र ट्रफीसहित नगद रु दश हजार पुरस्कार प्राप्त गरेकी छिन् । नृत्य र निबन्ध लेखनमा रुचि भएकी अपेक्षाले मुस्ताङको पर्यटकीय र कृषि क्षेत्रको सम्भावनाको प्रचारप्रसारमा सक्रिय हुने प्रतिक्रिया दिइन् ।
लेतेकी सोनिया गर्बुजा फस्ट रनरअप र जोमसोमकी श्वेता बानिया सेकेण्ड रनरअप भएका थिए भने ट्यालेन्ट गल्र्सको उपाधि मार्फाकी सञ्जु जुहारचनले जितिन् । चार दिनसम्म मार्फामा सञ्चालन भएको ४८आँै थाक खेलकूद तथा सांस्कृतिक प्रतियोगिता आइतबार सकिएको छ ।
प्रतियोगिताको अधिकांश उपाधिमा निर्मल स्पोटिङ स्पोटर््स क्लब लेतेले वर्चश्व जमाएको छ । पुरुष भलिबल र आर्चरीमा प्रथम भएको लेतेले महिला भलिबलमा दोस्रो भयो । पुरुष भलिबलमा सिस्स सोल्टी युवा क्लब घाँसा द्वितीय, महिला भलिबलमा धवलागिरि युवा क्लब कोवाङ प्रथम र आर्चरीमा नीलगिरि युवा क्लब टुकुचे उपविजेता भएका छन् ।
पुरुष, महिला र आर्चरी प्रतियोगिताको विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद ४० हजार, २५÷२५ हजार, १५÷१५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
सङ्घका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन, प्रजिअ शिशिर पौडेल, स्थानीय तहका जनप्रतिनिधिले पुरस्कार वितरण गर्नुभएको कोषाध्यक्ष शर्मिला गुरुङले जानकारी दिनुभयो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अपेक्षा थकाली, #मिस मुस्ताङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्