नेपाली काँग्रेस संखुवासभाको अधिकाशं तहमा सर्वसम्मत नेतृत्व चयन
सभापतिमा दिपक खड्काको नाममा सहमती जुट्दै
संखुवासभा, १४ असोज । नेपाली काँग्रेस संखुवासभाले जिल्लाका अधिकाशं तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिकाअनुसार भदौ १८ गतेदेखि सुरु भएको वडा अधिवेशनदेखि पालिका हुँदै प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न हुँदा अधिकाशं तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
संखुवासभाका अधिकाशं तहमा सर्वसम्मत नेतृत्व चयन भएसँगै अब संखुवासभाको पार्टी सभापतिमा संविधानसभा सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काको नाममा सर्वसम्मत हुने भएको छ ।
प्रदेश क्षेत्रको अधिवेशनलाई सर्वसम्मत गरेको संखुवासभा काँग्रेसले जिल्ला नेतृत्वलाई पनि सर्वसम्मत गराउने प्रयास गरिएको संखुवासभाका पार्टी सभापति दिपनकुमार श्रेष्ठले बताउनुभयो ।

काँग्रेस संखुवासभामा यसअघि पार्टी सभापतिका लागि उम्मेद्वार बनेका वर्तमान सभापति दिपनकुमार श्रेष्ठ, रामकुमार जिमीले दिपक खड्काको नाममा उम्मेद्वारी फिर्ता लिइसक्नुभएको छ भने पार्टी सभापति घोषणा गरेका अर्का नेता मुक्तिसिंह राईले पनि उम्मेद्वारी फिर्ता लिने हुनुभएको छ ।
संखुवासभामा काँग्रेसको संगठन थप मजबुद र बलियो बनाउनका लागि पूर्वमन्त्री खड्काको नाममा सर्वसम्मत गर्न लागिएको संखुवासभा काँग्रेसले जनाएको छ । संखुवासभामा असोज १५ गते जिल्ला अधिवेशन हुँदैछ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #hot, #काँग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्