एमाले काठमाडौंले छान्यो विधान महाधिवेशनमा भाग लिने २१ प्रतिनिधि (सूचीसहित)
काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम टुंगो लगाएको छ । बुधबार बसेको जिल्ला कमिटी बैठकले पार्टीले तोकेको मापदण्डअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक महिलासहित २० जना र दलित प्रतिनिधित्व समेत तोकेर टुंगो गलाएको सचिव दिपक निरौलाले बताए ।
काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रुपनारायण श्रेष्ठसमेत उपस्थित भएको बैठकले विधान महाधिवेशनका प्रतिनिधि छनौट गरेको निरौलाले बताए ।

बैठकले सचिव निरौलाको संयोजकत्वमा पार्टी सम्पर्कमा नरहेका र नेकपा एसमा सनाखत गरेपछि निष्क्रिय रहेका जनप्रतिनिधिहरूसँग छलफल गरेर उनीहरुको भूमिका प्रष्ट पार्न कार्यदल गठन गरेको छ ।
कार्यदलमा मणिराम फुयाल,तेज ढकाल, रामेश्वर बोहरा र केशरत्न बज्राचार्य रहेका छन् । सो कार्यदलले असोज २० गतेभत्रि प्रतिवेदन बुझाउनेछ ।
एमालेको विधान महाधिवेशनमा प्रतिनिधित्व गर्ने १० वटा निर्वाचन क्षेत्रका प्रतिनिधि क्षेत्र नम्बर १ देखि १० सम्म क्रमशः यस प्रकार छन् ।
१. धन ब. अछामी
२. श्रृजन शर्मा
३. विश्वराज श्रेष्ठ
४. तेज ढकाल
५. मोहन विष्ट
६. विश्वनाथ लामिछाने
७. विश्वराम सापकोटा
८. नीमा ध्याम्चो लामा
९. अनन्त सिग्देल
१०. जनक रिजाल
महिला
१. विष्णु भुसाल
२. हिरादेवी पोखरेल
३. तारा पुडासैनी
४. अन्जु शर्मा
५. अनिता लामा
६. विन्दा बुढाथोकी
७. गिता थिङ
८. विजयलक्ष्मि शाही
९. रति जोशी
१०.विन्दु महर्जन
उत्पिडित समुदाय
संगम गहतराज
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्