आज ओली सहित शिर्ष नेताले एमालेका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा अध्यक्ष केपी ओली सहित शिर्ष नेताले भाद्र ३१ गते काठमाण्डौका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने भएका छन। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १२ बजे बाट हुने प्रशिक्षण कार्यक्रममा शिर्ष नेताहरुले प्रशिक्षण दिन लागेका हुन।
नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, नेकपा एमालेका जनप्रतिनिधिहरु, वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जन संगठनका केन्द्र ,प्रदेस ,जिल्ला र नगरका प्रमुखहरुको सहभागितामा हुने उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली,महासचिव ईश्वर पोखरेल,उपाध्यक्ष अस्टलक्ष्मी शाक्य , नेता राम बहादुर थापा र केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले विभिन्न विषयमा प्रशिक्षण दिन लागिएको छ।
उक्त कार्यक्रममा समसामयिक परिस्थिति र अबको राजनीतिक अवस्था ,पार्टीको १० औ महाधिवेशन ,संगठन निर्माण र कार्यकर्ताको भूमिका ,आजको आवस्यकता नेकपा एमालेको एकता र कम्युनिट आन्दोलनको मूल प्रवाह : नेकपा एमाले लगायतका विषयमा प्रशिक्षण दिन लागिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #kp oli
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्