आज ओली सहित शिर्ष नेताले एमालेका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा अध्यक्ष केपी ओली सहित शिर्ष नेताले भाद्र ३१ गते काठमाण्डौका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने भएका छन। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १२ बजे बाट हुने प्रशिक्षण कार्यक्रममा शिर्ष नेताहरुले प्रशिक्षण दिन लागेका हुन।
नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, नेकपा एमालेका जनप्रतिनिधिहरु, वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जन संगठनका केन्द्र ,प्रदेस ,जिल्ला र नगरका प्रमुखहरुको सहभागितामा हुने उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली,महासचिव ईश्वर पोखरेल,उपाध्यक्ष अस्टलक्ष्मी शाक्य , नेता राम बहादुर थापा र केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले विभिन्न विषयमा प्रशिक्षण दिन लागिएको छ।
उक्त कार्यक्रममा समसामयिक परिस्थिति र अबको राजनीतिक अवस्था ,पार्टीको १० औ महाधिवेशन ,संगठन निर्माण र कार्यकर्ताको भूमिका ,आजको आवस्यकता नेकपा एमालेको एकता र कम्युनिट आन्दोलनको मूल प्रवाह : नेकपा एमाले लगायतका विषयमा प्रशिक्षण दिन लागिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #kp oli
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्