कांग्रेसको महाधिवेशन गर्न नसकिए त्यसको सम्पूर्ण दोष नेतृत्वको : चन्द्र भण्डारी
काठमाडौं, साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वसभासद् डा. चन्द्र भण्डारीले समयमै कांग्रेसको महाधिवेशन गर्न नसकिए त्यसको सम्पूर्ण दोष नेतृत्वले लिनुपर्ने बताएका छन् ।
पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुन सक्ने सम्भावना नरहेको टिप्पणी गर्दै उनले भने, ‘भदौमा महाधिवेशन होलाजस्तो मलाई लाग्दैन् । अहिले कोरोनाको महामारी छ । गाउँगाउँमा विरामी छन् । यस्तो अवस्थामा कसरी अधिवेशन होला ? सबै जनतालाई भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्छ । मेरो विचारमा महाधिवेशन केही पर सर्छ होला । तर, महाधिवेशन सर्ने प्रस्ताव पार्टी सभापतिले ल्याउनुहोला । म आधिकारिक व्यक्ति होइन, यस्तो भन्नका लागि ।’
डा. भण्डारीले तोकिएकै समयमा महाधिवेशन हुन नसके यसको दोष नेतृत्वले लिनुपर्ने पनि बताए । उनले भने, ‘चार जना पदाधिकारी बैठक बसेका छन्, न अधिवेशन गर्न सक्छन्, मेरो विचारमा नेपालमा होल पार्टीको कुरा गर्दा नेतृत्व नै असफल भएको छ ।’ उनले अहिलेको असामान्य परिस्थितिलाई हेरेर सर्वोच्च अदालतले केही व्याख्या गर्छ कि भन्ने पनि विश्वास व्यक्त गरे ।
यसैबीच उनले आज÷भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने पनि बताएका छन् । अहिले मन्त्री बन्ने आकांक्षीहरु धेरै भएको सुनाउँदै उनले काम गर्नका लागि धेरै मन्त्री नभए पनि हुने बताएका छन् । आकांक्षीहरू धेरै भएकाले त्यसबाट राम्रो र कामकाजी व्यक्ति छनोट गर्न खोज्दा मन्त्रिपरिषद् विस्तामा ढिलाइ भएको दाबी समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चन्द्र भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्