काठमाडौँमा सत्र दिनदेखि किशोरी बेपत्ता
किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् ।
काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी भदौ २ गते प्रगति टोलबाट हराएकी थिइन् । आफन्तकहाँ नभेटिएपछि अभिभावकले भदौ ३ गते महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा उजुरी गरे । उजुरी गरेको १७ दिन पूरा हुँदा पनि अवस्थाका बारेमा थाहा पाउन नसकिएको अधिकारीका मामा तेजबहादुर बानियाँले गुनासो गर्नुभयो ।
प्रहरीले विस्तृत कल विवरण माग गर्न लेखेको पत्रमा मोबाइल नं गलत लेखेकाले पनि अनुसन्धानमा ढिलाइ भएको उहाँको भनाइ छ । वृत्तका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल भने आमाबाबुले गाली गर्दा, कानूतः उमेर नपुगे पनि शारीरिकरुपमा परिपक्व भई घर छोडेर हिँड्ने गरेको बताउनुहुन्छ ।
किशोर वयका बालबालिका घर छोडेर हिँड्नुमा सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि कारण बन्ने गरेको वृत्तले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा वृत्तमा मात्र दर्ता भएको उजुरीअनुसार यस क्षेत्रबाट ४५ बालबालिका हराए । त्यसमध्ये ४४ जना भेटिए पनि एक जना अझै बेपत्ता छन् ।
यो आवमा दुई जना बालबालिका हराएकामा एक जना भेटिएको छ । अधिकारीको भने खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #किशोरी बेपत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्