यि हुन नेपाली कांग्रेसको तारकेश्वर वडा नं १ साङ्गलाका सभापतिका प्रत्यासीहरु

तारकेश्वर । नेपाली कांग्रेसको चौधौै महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल तारकेश्वर नगरपालिकामा पनि शुरु भएको छ ।
नगर क्षेत्रका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।कांग्रेस श्रोतबाट प्राप्त जानकारी अनुसार वडा सभापतिमा मात्रै हालसम्म ३ जनाले दाबी गरेका छन् ।
यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ ।
नगर सभापति पदका सम्भावित उम्मेदवारहरुले वडादेखि टोल टोल सम्म नै आफ्नो चुनावी प्रचार थालिसकेका छन्। अधिवेशन हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।
यस्तै तारकेश्वर वडा नं १ मा वडा सभापतिका लागि ३ जनाले दाबी गरेका छन् । हालका सभापति अमर तामाङ्ग , वडा अध्यक्षका अम्मेदवार रमेशमान सिंह कुँवर र कांग्रेस पुराना कार्यकर्ता पूर्ण प्रसाद तिमिल्सिना रहेका छन ।
नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।
साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।
क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेसको तारकेश्वर वडा नं
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्