यि हुन नेपाली कांग्रेसको तारकेश्वर वडा नं १ साङ्गलाका सभापतिका प्रत्यासीहरु
तारकेश्वर । नेपाली कांग्रेसको चौधौै महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल तारकेश्वर नगरपालिकामा पनि शुरु भएको छ ।
नगर क्षेत्रका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।कांग्रेस श्रोतबाट प्राप्त जानकारी अनुसार वडा सभापतिमा मात्रै हालसम्म ३ जनाले दाबी गरेका छन् ।
यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ ।
नगर सभापति पदका सम्भावित उम्मेदवारहरुले वडादेखि टोल टोल सम्म नै आफ्नो चुनावी प्रचार थालिसकेका छन्। अधिवेशन हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।
यस्तै तारकेश्वर वडा नं १ मा वडा सभापतिका लागि ३ जनाले दाबी गरेका छन् । हालका सभापति अमर तामाङ्ग , वडा अध्यक्षका अम्मेदवार रमेशमान सिंह कुँवर र कांग्रेस पुराना कार्यकर्ता पूर्ण प्रसाद तिमिल्सिना रहेका छन ।
नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।
साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।
क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेसको तारकेश्वर वडा नं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्