पहिरो खसेपछि कोसी राजमार्ग अन्तर्गत संखुवासभाको माम्लिङ-पिलुवा खोला सडक अवरुद्ध
कोसी राजमार्ग अन्तर्गत संखुवासभाको माम्लिङ-पिलुवा खोला सडकमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भीरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।
एकसाता लामो झरीपछि गएको पहिरोले सडकमा ठूल्ठूला ढुंगासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उक्त सडक खण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उँहाका अनुसार ढुंगा खसेको सडक भन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रजिअ पौडेलले बताउनुभयो ।
यस्तै, पहिरोले खाँदबारी किमाथांका सडक अन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ । दोभानबाट हेदांनातर्फ जाने सडकमा पहिरो खसेको हो ।
त्यस्तै सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिनुभयो ।
आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिरोले उक्त घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पहिरोबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताउनुभयो । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्