हराइएका मोबाइलको खोजी गरी सम्बन्धि धनीलाई घरमै पुगी हस्तान्तरण गर्दै चितवन प्रहरी
चितवन । चितवन प्रहरीले विभिन्न समयहरुमा चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि धनीलाई घरमै पुगी हस्तान्तरण गरेको छ ।
विभिन्न समयमा हराईएका विभिन्न कम्पनीका मोबाईलहरु फेला पारी हिजो (बिहिवार) सम्बन्धित धनीलाई घरमै पुगेर हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
(एसपी) अधिकारीका अनुसार हराएको मोबाईलको आई.एम.ई नम्बरका आधारमा प्रहरीले तदारुकताका साथ खोजतलास गर्दै जाने क्रममा उनीहरुको मोबाईल फेला पारेको बताए । हामीले विभिन्न समयमा हराइएका मोबाईलहरुको सुक्ष्म ढंगले खोजतलास गर्ने क्रम्मा मोबाईल फेला पारेका हौं । (एसपी) अधिकारीले भने, हराइएका मोबाईलको सम्बन्धि धनीलाई घरमै पुगेर प्रहरीले हस्तान्तरण गर्दा आफुलाइ खुशी लागेको बताए ।
निषेधाज्ञाको समयमा आवतजावतमा गर्न समस्या हुने स्थानीयलाई मध्ययनजर गर्दै प्रहरीले निजहरुकै घरमै पुगेर मोबाईल हस्तान्तरण गरेको हो । आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत ब्यक्त गरेका थिए । पछिल्लो समय चितवन प्रहरीले अपराध नियन्त्रणमा आफ्नु सक्रियता बढाएसंँगै मोबाईल खोजतलासलाई समेत तीव्रता दिदै खोजी कार्यलाइ अघि बढाउदै आएको चितवन प्रहरीका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्