चौकुने गाउँपालिका र स्थानियको अगुवाइमा बिजुली

बिवेक तिमलसिना / मोहन अधिकारी
सुर्खेत–चौकुने गाउँपालिकाको वडा नम्बर ५ स्थित रेक्चाका गोपाल सिंह बिसी लगायत गाउँपालिकाको अध्यक्ष धिर बहादुर शाही सहितको अगुवाइमा गाउँमा बिजुली निकाल्ने पहल गर्दा धेरैले पत्याएका थिएनन् ।
केहीले त यतिसम्म भने कि, ‘पानीबाट पनि बत्ती बल्छ १ यस्ता बुद्धी नभएकाहरुको पछि लागेर हुँदैन ।’
गोपाल सिंह बिसी, रमेश बिसी लगायत जलविद्युत आयोजना समितिका अगुवाहरुले र गाउँपालिकाका अध्यक्ष यस्ता धेरै आलोचना झेलेर पनि करिब ७ वर्षपछि गत भदौ १७ गते गाउँ उज्यालो बनाउने सपना साकार बनाए ।
२०६८ सालमा आयोजना सुरु भए पनि ठेकेदार कम्पनीले काम बिचैमा छोडिदिएपछि काम अलपत्र बनेको थियो । यसबाहेक गाउँपालिकाकै अन्य वडाका जनप्रतिनिधिहरु समेत यस योजनामा सहमत नभएको स्थानीय बताउँछन् ।
रेक्चास्थित बेतखोलीबाट उनीहरुले बिजुली उत्पादन गरेपछि गाउँ नै झलमल भएको छ । करिब ८४ लाख लगानीमा २२ किलो वाट बिजुली उत्पादन भएको हो ।
७ वर्षअघि सुरु भए पनि केही वर्षयता अलपत्र बनेको बेतखोली लघु जलविद्युत आयोजना चौकुने गाउँपालिकाको विशेष पहल र आर्थिक सहायतामा सम्पन्न भएको हो ।
आइतबार चौकुने गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले बिजुली उद्घाटन गर्दै स्थानीय सरकार गठनपछि स्थानीय सरकारको पहलमा कर्णालीकै पहिलो लघु जलविद्युत आयोजना भएको बताए ।
शाहीका अनुसार रेक्चामा ठेकेदार कम्पनीले अलपत्र पारेर छोडेको लघु जलविद्युत आयोजनालाई गाउँपालिकाको निरन्तर प्रयासमा काम सम्पन्न गराइएको हो । गाउँपालिकाको उज्यालो चौकुने अभियान अन्तरगत रेक्चामा अलपत्र रहेको बिजुली उत्पादनको काम सम्भव भएको बताइएको छ । उक्त अभियान अन्तरगत गाउँपालिकाले ३० लाखको हाराहारीमा रकम अनुदान दिएको छ ।
उक्त आयोजनामा गाउँपालिका र स्थानीय साथै वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको पनि लगानी छ । आयोजनाबाट करिब १ सय ५० घर परिवार लाभान्वित भएका छन् । आइतबार स्थानीय विद्यालयको प्रांगणमा बिजुली उद्घाटन गर्दै स्थानीयहरु खुसीले उफ्रिएका थिए ।
सोही अवसरमा चौकुने गाउँपालिकाको सम्रग्र बिकाशका लागी गाउँपालिका प्रतिबद्ध रही समृद्ध गाउँपालिका बनाउन अहोरात्र खटेको अध्यक्ष धीर बहादुर शाहीले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #चौकुने गाउँपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्