Techie IT
मंगलबार, वैशाख २३,२०८२

टोखामा ५६ लाखको तलेजु परिसर परियोजनाको शिलन्यास


टोखा नगरपालिका वार्ड नं २ मा तलेजु परिसर परियोजनाको शिलन्यास गरिएको छ । बागमति प्रदेश सरकार तथा टोखा नगरपालिका द्वारा विनियोजित बजेट बाट निर्माणधिन सो परियोजनाको नगर प्रमुख प्रकाश अधिकारी द्वारा शिलन्यास भएको छ ।

करिव ५६ लाख बजेटमा निमार्ण हुने तलेजु परिसर यही असार २० गतेभित्र सम्पन्न हुनेछ ।

उक्त कार्यक्रममा उप प्रमुख ज्ञानमाया डंगोल, वार्ड अध्यक्ष दिपकराज जोशी , उपभोक्ता समितिका पदाधिकारि ,तथा राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिती थियो।


क्याटेगोरी : स्थानीय
ट्याग : #तलेजु परिसर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545