सामुदायीक सेवा केन्द्र तारकेश्वरद्धारा साङ्ला आइसोलेशनलाई सहयोग
काठमाडौं । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनलाई सामुदायीक सेवा केन्द्र तारकेश्वरले नगद रु ५८,००० रुपैया सहयोग गरेको छ ।
नेपालमा कोरोना महामारीको दोस्रो लहर प्रवेश गरे संगै तारकेश्वरमापनि यसको प्रकोप बढ्रदै गएको हुँदा सामुदायीक सेवा केन्द्र तारकेश्वरका १५ जना पदाधिकारीहरुबाट रकम संकलन गरि सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष रामेश्वर देवकोटाले बताए ।

सोमबार सामुदायीक सेवा केन्द्र तारकेश्वरका सल्लाहकार एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरालाई उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष देवकोटाको भनाई छ ।
नगर प्रमुख रामेश्वर बोहोराले प्राप्त रकमले साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनका कोरोना बिरामीका उपचारको लागी ठूलो सहयोग हुने र अन्य दाताहरुलाई पनि सहयोगका लागी आवहान गरेका छन ।
कोरोना बिरुद्धको लडाइमा सम्पूर्ण संघ संस्था , राजनैतीक दल तथा नागरिकहरुलाई एकजुट हुन समेत आग्रह गरेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #सामुदायीक सेवा केन्द्र तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्