ज्ञानमाया डंगोलद्धारा टोखाबाट १० बालबालिकाको उद्धार

टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखा नगरपालिकाबाट बेवारिसे अवस्थामा रहेका १० बालबालिकाको उद्धार गर्नुभएको छ ।
उद्धार हुने बालबालिकाहरुमा ६ जना बालिका र ४ जना बालक रहेको छ।
निषेधाज्ञाका बेला सामाजिक सञ्जालहरूमा टोखा नगरपालिका वडा नं. ८ स्थित एक संस्थामा सो बेवारिसे अवस्थामा रहेका बालबालिकाहरुलाई स्याँहार सुसार गर्दै आउनुभएकोमा मिडिया तथा अन्य स्रोतबाट ती आश्रय स्थलमा सो बालबालिका बस्ने उचित स्थल तथा भवनको र सो एरियाको बालबालिका राख्न योग्य आश्रय स्थल नभएको खबर आएपछि ती बेवारिसे अवस्था रहेका बालबालिकालाई उद्धार गरेको टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभयो ।
टोखा वडा नं. ७ स्थित एक घरमा घरेलु कामदारको रूपमा कार्यरत बलिकाको पनि अवस्था अत्यन्तै नाजुक रहेको र अत्याचारमा परेको देखिएपछि उनलाई पनि बालबालिका खोजबिन तथा संरक्षण केन्द्रको जिम्मा लगाई पठाइएको छ ।
उपप्रमुख ज्ञानमाया डंगोलकै अग्रसरमा रामेछाप जिल्ला स्थायी घर भएकी एक बालिका गत ३ वर्ष देखि काठमाडौंमा घरेलु कामदारको रूपमा कार्य गर्दै आएकी तथा सौतेनी आमाको यातना सहन नसकेर घरबाट भागेर टोखा ७ को एक संरक्षण समाजमा आएकी १६ वर्षकि एक बालिकालाई पनि टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल, वडा सदस्य, राष्ट्रिय बाल कल्याण परिषदका प्रतिनिधि, टोखा महिला बालबालिका निरीक्षक बिमला वाग्ले, टोखा नगरपालिका स्थानीय बाल अधिकार समितिका सदस्य तथा स्थानीय प्रहरीको उपस्थितिमा ती बालबालिकाको उद्धार गरेका हुन् ।
उद्धार गरिएका सबै बालिबालिकाहरूको कोरोना परिक्षण पश्चात् व्यवस्था मिलाइएको अस्थायी संरक्षण सेवा केन्द्रमा पु¥याइने राष्ट्रिय बाल कल्याण परिषद् केन्द्रका अधिकृत सुनिता शाहले बताइन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #ज्ञानमाया डंगोल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्