ज्ञानमाया डंगोलद्धारा टोखाबाट १० बालबालिकाको उद्धार
टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखा नगरपालिकाबाट बेवारिसे अवस्थामा रहेका १० बालबालिकाको उद्धार गर्नुभएको छ ।
उद्धार हुने बालबालिकाहरुमा ६ जना बालिका र ४ जना बालक रहेको छ।
निषेधाज्ञाका बेला सामाजिक सञ्जालहरूमा टोखा नगरपालिका वडा नं. ८ स्थित एक संस्थामा सो बेवारिसे अवस्थामा रहेका बालबालिकाहरुलाई स्याँहार सुसार गर्दै आउनुभएकोमा मिडिया तथा अन्य स्रोतबाट ती आश्रय स्थलमा सो बालबालिका बस्ने उचित स्थल तथा भवनको र सो एरियाको बालबालिका राख्न योग्य आश्रय स्थल नभएको खबर आएपछि ती बेवारिसे अवस्था रहेका बालबालिकालाई उद्धार गरेको टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभयो ।
टोखा वडा नं. ७ स्थित एक घरमा घरेलु कामदारको रूपमा कार्यरत बलिकाको पनि अवस्था अत्यन्तै नाजुक रहेको र अत्याचारमा परेको देखिएपछि उनलाई पनि बालबालिका खोजबिन तथा संरक्षण केन्द्रको जिम्मा लगाई पठाइएको छ ।

उपप्रमुख ज्ञानमाया डंगोलकै अग्रसरमा रामेछाप जिल्ला स्थायी घर भएकी एक बालिका गत ३ वर्ष देखि काठमाडौंमा घरेलु कामदारको रूपमा कार्य गर्दै आएकी तथा सौतेनी आमाको यातना सहन नसकेर घरबाट भागेर टोखा ७ को एक संरक्षण समाजमा आएकी १६ वर्षकि एक बालिकालाई पनि टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल, वडा सदस्य, राष्ट्रिय बाल कल्याण परिषदका प्रतिनिधि, टोखा महिला बालबालिका निरीक्षक बिमला वाग्ले, टोखा नगरपालिका स्थानीय बाल अधिकार समितिका सदस्य तथा स्थानीय प्रहरीको उपस्थितिमा ती बालबालिकाको उद्धार गरेका हुन् ।
उद्धार गरिएका सबै बालिबालिकाहरूको कोरोना परिक्षण पश्चात् व्यवस्था मिलाइएको अस्थायी संरक्षण सेवा केन्द्रमा पु¥याइने राष्ट्रिय बाल कल्याण परिषद् केन्द्रका अधिकृत सुनिता शाहले बताइन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #ज्ञानमाया डंगोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्