बाँकेले कोरोना रोकथाम नियन्त्रणका लागि एमालेको १५ दिने अभियान
एमाले
नेपालगंज ३ जेठ ः नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले कोरोना रोकथाम नियन्त्रण र संक्रमित बिरामीको सहज रुपमा उपचारको लागि १५ दिने जनसेवा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले २८ औ मदन–आश्रित स्मृति दिवसको अवसरमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि १५ दिने जनसेवा अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ दिन अभियानमा बाँकेका ४३९ पार्टी नेता खटिने भएका छन् ।
अभियान अन्तर्गत कोरोना संक्रमित विरामीहरुलाई सहज उपचार सेवा प्रदान गर्न वडास्तरमा खटिने, अस्पतालमा अक्सिजनको अभाव हुन नदिने, होमआइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएका संक्रमितहरुको मनोवल बढाउँदै आवश्यक सहयोग र समन्वयको लागि सञ्चालन गरिने १५ दिने जनसेवा अभियानलाई प्रभावकारी संचालन गर्न ८१ बडाहरुमा पार्टी प्रतिनिधि तोकिएको छ ।
१५ दिने जनसेवा अभियान तपसीलका कामहरु गरिने छ ।
–कोरोना संक्रमण रोकथामको लागि जारी निषेधाज्ञाका कारण अतिविप्नहरुलाई वडामै राहत संकलन गरि वडामै राहत वितरण गर्ने ।
–होम आइसोलेसनमा बसेकाहरुको मनोबल उच्च बनाउने गरि परामर्श गर्ने ।
–घर तथा उद्योगमा राखिएका अक्सिजन सिलिन्डरहरुको खोजि गरि कोभिड अस्पतालमा जम्मा गर्ने अक्सिजन सिलिन्डरको अभाव हुन नदिने ।
–घरमा सबै कोरोना पोजिटिभ भएका भए सो घर परिवारलाई आवश्यक सबै सहयोग उपलव्ध गराउने ।
–एम्बुलेन्स, औषधि अन्य बस्तुहरुमा हुने अनियामिता रोक्न खबरदारी गर्ने ।
–स्वाथ्यकर्मी र सुरक्षा निकायमा खटिएकालाई सहयोग गर्ने ।
–रगत तथा पलाज्माको अभाव हुन नदिन रक्तmदान गर्ने ।
–१५ दिने जनसेवा अभियान अनुगमनको लागि पार्टीका केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाई संयोजक रहेको १७ सदस्य अनुगमन समिती गठन गरिएको छ ।
– सयोजक मोहम्मद हारुन हलवाई सदस्यहरु बाबुराम गौतम, शान्ति ढकाल, आरती पौडेल, रामदास थारु, प्रेम भुषाल, बलिभद्र पुन, शिव डोटेल, पुजन विश्वकर्मा, बेदनिधि प्याकुरेल, डम्बर सुबेदी, नरेन्द्र शर्मा, होमप्रकाश सुबेदी, गोपाल गिरी,नरेन्द्र वली,नन्द विश्र्वकर्मा सदस्य रहेको अनुगमन समिति बनाईएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्