Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यहि बैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेको राष्ट्रिपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

(हेर्नुहोस् विज्ञप्तीसहित)


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रधानमन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545