लागुऔषधसहित युवती पक्राउ
चितवन । चितवन प्रहरीले अवैध लागुऔषधसहित आइतबार साँझ एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ बस्ने २१ वर्षीया निरीशा महतो रहेकी छिन् । उनको साथबाट प्रहरीले डाइजेपाम २५ पिस, फेनेरागन २८ पिस र नुर्फिन २७ पिस बरामद गरेको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महत्तो आफैं नै लागुऔषध सेवनकर्ता रहेको र अरुलाई समेत लागुऔषध बिक्रीवितरण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार पक्राउ परेका उनीविरुद्ध लागुऔषध ऐन २०३३ अनुसार कारबाही हुने बताइएको छ । पछिल्लोपटक चितवन प्रहरीले लागुऔषध ओसारपसार तथा सेवनकर्ताहरुमाथि विशेष निगरानी बढाउँदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्