टोखाको वडा नम्बर १० मा ‘एक घर एक कौसीं खेती ’ तालिम शुरु
सीता पौडेल
काठमाडौं । टोखा नगरपालिकाको वडा नम्बर १० मा एक घर एक कोसीखेती तालिमको शुरुवात भएको छ । मंगलबार गौंगबुमा रहेको सोही वडाकार्यालयको सभाहलमा सो तालिमको शुरुवात भएको हो ।
आफ्नै घरको कौशीमा विषादिरहित ताजा तरकारी फलाई स्वस्थ नगरबासी बनाउने उद्देश्यले ५ लाख रकम बराबरको लागत छुट्टाएर कौसीखेती तालिम तथा सामाग्री वितरण कार्यक्रमको आयोजना गरिएको १० नम्बर वडाका वडा सदस्य जगतलाल शाहीले बताए । उनका उनुसार पहिलो चरणको यस तालिममा १२० जना स्थानियलाई लक्षित गरि आजदेखि ४ दिन सम्म दिनको ५ घण्टाका दरले तालिम सञ्चालन गरिएको छ ।
एक दिनमा ३० जनाको समुहलाई तालिम दिने र तालिममा सहभागिलाई कौंसी खेतीका लागि आवश्यक पर्ने गमला , मल , प्लाष्टिक ब्याग, लगायतका ७ थरि सामाग्री र लौका , बोडी , सीमी , कांक्रो , फर्सी , साग , काउली जस्ता ८ थरि विउविजन र किटनासक औषधी समेत वितरण गरिने सदस्य शाहीको भनाई छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##‘एक घर एक कौसीं खेती ’ तालिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्