बोंडेश्वर झरनामा मकै , भटमास र गुन्द्रुक सहित साहित्यिक कार्यक्रम हुने
काठमाडौं । टोखा वडा नं. १ स्थित झोरमा रहेको बोंडेश्वर झरनामा नयाँ वर्षको अवसरमा गुन्द्रुक, मकै र भटमास साहित्यिक कार्यक्रम हुने भएको छ । शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले बैशाख ११ गते गुन्द्रुक, मकै र भटमास साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले गुन्द्रुक, मकै र भटमास वार्षिकोत्सव तथा २०७६ र २०७७ का श्रष्ठा सम्मान कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । वरिष्ठ साहित्यिकार तथा पत्रकार रोजक घिमिरेको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विष्णुपुष्पा साहित्यिक पत्रकारिता सम्मान गोर्खे साँहिलो चितवन २०७६, निबन्ध आचार्य २०७७ र शिवपुरी गजल सम्मान प्रकाश घायल २०७६ र रावत २०७७ प्रदान गरिनेछ ।
कार्यक्रममा नरबहादुर भारती सम्मान डा. धनप्रसाद सुवेदी २०७६, उन्नती बोहरा शिला २०७७, मानशोभा प्रतिभा सम्मान कवि राधा आचार्य २०७६ र डा. भिष्मकुमार भुषाललाई सम्मान गरिने शिवपुरी सन्देश तथा साहित्य समाजका श्रष्ठा माधव बिडारीले जानकारी दिनुभयो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बोंडेश्वर झरना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्