किर्ते गरी करोडौं रुपैयाँ ठगी गर्ने परियार पुर्पक्षका लागी कारागार चलान

चितवन । एक करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी भनिने रिठ्ठे परियारलाई चितवन जिल्ला अदालतले पूर्पक्षका लागी कारागार चलान गरेको छ ।
गत, आर्थिक बर्ष २०७३/२०७४ र २०७४/२०७५ मा मालपोत कार्यालयको लेखा अधिकृतको पदमा हुँदा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुरको राजश्व दाखिला फारमको भौचर, बैंकको छाप तथा कर्मचारी समेतको दस्तखत कीर्ते गरी नक्कली भौचर तयार गरेर एक करोड सत्र लाख चौबीस हजार पाँच सय अठतीस रुपैयाँ हिनामिना गरेर फरार भएका उनलाई चितवन प्रहरीले गएको फागुन १२ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान गर्ने कार्य पुरा गरी सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेकोमा न्यायाधीश हेमन्त रावलको एकल इजलासले परियारलाई पूर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएसंँगै भरतपुर कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । यता, सरकारी वकिलको कार्यालयले परियारलाइ ७ वर्ष कैद मागदावी गर्दै अदालतमा हिजो (विहीबार) मुद्धा दायर गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्