विद्यार्थीलाइ यौन दुब्यवहार गर्ने शिक्षकलाइ प्रहरीकै अगाडि कालोमोसो, तीन दिनदेखि पठनपाठन ठप्प
चितवन । चितवनमा आफैंले पढाउने शिक्षकले नै विद्यार्थीलाइ यौनदुब्यवहार गर्ने गरेको घट्ना सार्वजनिक हुँदै गएको छ ।
पुर्वी चितवनको रत्ननगरमा रहेको क्रिष्टल कलेजमा अध्ययनरत विद्यार्थीहरुमाथि आफ्नै शिक्षकद्वय हरी प्रसाद न्यौपाने र गोकुल पराजुलीले अश्लील म्यासेज पठाउने गरेको घट्ना सार्वजनिक भएको दुइ साता बित्न नपाउँदै पुनः चितवनमा नै विद्यार्थीलाइ यौनदुब्यवहार गर्ने शिक्षकलाइ विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।
नारायणगढमा रहेको बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरे शर्माले आफुहरुलाइ यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । उनीहरुले प्रहरीकै अगाडि गैरेलाइ कालोमोसो दलेका थिए ।
छात्राहरुलाई पटक-पटक यौनदुर्व्यवहार गर्ने गरेको र विद्यालय व्यवस्थापन, शिक्षक सहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि उनलाइ कालोमोसो दल्न बाध्य भएको विद्यार्थीहरुले बताएका छन् ।
यता, विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले भने शिक्षक र बिद्यालयको बचाउ गर्दै आएका छन् । उनलेे विद्यार्थीको माग सुनुवाइ गर्नुको सट्टा उल्टो पीडक शिक्षकको बचाउ गर्दै बिद्यालयमा ३ दिनदेखि पठनपाठन नै ठप्प पारेका छन् ।
विद्यालयले हिजो(बिहीबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षक गैरेमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालयमा शान्तिपूर्ण तवरले पठनपाठनको वातावारण नभएसम्मका लागी विद्यालय बन्द गरिएको सूचना जारी गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्