चितवन प्रहरीको एक्सन : अनुसन्धान अधिकृत हुँ भन्दै ठगी गर्ने पन्त पक्राउ

चितवन । आफूलाई राष्ट्रिय अनुसन्धानको उप – अनुसन्धान निर्देशक (एसपी) भएको बताउँदै ठगी गर्ने एक जनालाई चितवन प्रहरीले खैरहनीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका बस्ने ४५ वर्षीय बुद्धिप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार पक्राउ परेका पन्त यसअघि राष्ट्रिय अनुसन्धानको सूचकका रुपमा रहेर काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
काम छाडेर भागेका पन्तले पछिल्लो समय आफूलाई राष्ट्रिय अनुसन्धानको कर्मचारी भएको बताउँदै विभिन्न ब्यक्तिहरुलाइ अनेक प्रभाव देखाइ तथा प्रलोभनमा पारी रकम उठाउँदै हिंडेको भन्ने सूचनाको आधारमा उनलाई हिजो (बुधबार) राती खैरहनी नगरपालिका वर्डा नम्बर ८ मा रहेको एक होटलबाट पक्राउ गरिएको हो ।
(एसपी) अधिकारीका अनुसार टाँडी तथा खैरहनीको विभिन्न होटलमा महिनौंसम्म बसी बिल समेत नतिरी हिंड्ने गरेको समेत अनुसन्धानका क्रम्मा खुलेको बताए । पक्राउ परेका पन्तमाथि सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्