Techie IT
सोमबार, वैशाख २२,२०८२

तारकेश्वरद्धारा ८० जना कृषकलाई काउम्याट वितरण


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको पशुसेवा शाखाले नगरभित्रका ८० जना किसानलाई एक एक वटा काउम्याट (गाईलाई विछ्याउने गुन्द्री ) वितरण गरेको छ । नगरपालिकाको ले ५ लाख ८० हजार रकम बराबरको काउम्याट ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

प्रति म्याट करिब सात हजार बजार मुल्य रहेको उक्त काउम्याटलाई नगरपालिकाले रु ३५ सयमा किसानलाई उपलब्ध गराएको नगरपालिकाको पशुसेवा शाखाले बताएको छ । नगरपालिकाले कृषकलाई चाँडै नै बर्खे घाँसको विउ तथा पशुपंछीका लागि जुकाको औषधी समेत नि:शुल्क वितरण गर्ने बताइएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##काउम्याट वितरण, ##तारकेश्वर पशुसेवा शाखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545