तिनपिप्लेमा फोहोरका गाडी रोकेर बिरोध , ठेकेदार अधिकारीलाई कारबाहीको माग
काठमाडौं । ककनी गाउँपालिकाका स्थानियबासीले पासाङ ल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै काठमाडौँको तिनपिप्लेमा बिरोध प्रदैशन गरेका छन ।काठमाडौंबाट जाने फोहोरका गाडी रोकेर बिरोध गरेका छन ।
बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारबाहीको माग गर्दै बिरोध गरिएको बताइएको छ ।
आइतबार बिहान ८ बजे तिनपिप्लेबाट फोहोराका सवारी नुवाकोट प्रवेश गर्न दिएका छैनन ।
ठेकेदार शारदाप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत रहेको र प्रचण्डको संरक्षणमा ठेकेदारले बाटो भत्काएर नबनाइ बसेको स्थानीयको आरोप छ ।
विवादीत ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले मुड्खु तीनपीप्ले खण्डमा कालोपत्रे शुरु गरेको केहि दिन नबित्दै पुन रोकीएको छ । महत्वपूर्ण आयोजनाहरूको ठेक्का हत्याउने तर काम नगर्ने ठेकेदार अधिकारीलाई निरन्तरको लागि पटक पटक ताकेता गरिएको स्थानीय बताउँछन ।
अधिकारीले ठेक्का लिएर झण्डै एक दशकदेखि अलपत्र पारेको पासाङल्हामु राजमार्गको बालाजु रानीपौवा खण्डको कालोपत्रेको काम पुन अलपत्र परेकोमा स्थानीयले आक्रोश पोखेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्