क्रिष्टल कलेज प्रकरण : शिक्षक पराजुलीको पनि म्यासेज वाहिरीयो, कार्वाही हुनुपर्ने विद्यार्थीको माग
चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिका १० स्थित पर्सौनीमा रहेको क्रिष्टल कलेज फेरी बिवादमा तानिएको छ । त्यहाँका अंग्रेजी संकायका शिक्षक हरी प्रसाद न्यौपानेको अश्लील म्यासेज बाहिरिएको ७२ घण्टा बित्न नपाउँदै आज (आइतबार) पुनः त्यहीँका शिक्षक गोकुल पराजुलीको पनि म्यासेज बाहिरिएको हो । उनलेे त्यहीँकी एक छात्रा बिद्याथीको फोटो डाउनलोड गरेर हैट भनी पठाइएको देखिन्छ ।
शिक्षक : गोकुल पराजुली
बिद्यालयको शेयर होल्डर तथा नवदिप टेन्ट हाउस टाँडीका सञ्चालक समेेेत रहेका शिक्षक पराजुली बिवादास्पद ब्यक्ति हुन् । उनी पटकपटक यौनकाण्ड मुछिदै आएका छन् । स्रोत भन्छ : यस्तै आरोप लागेपछि उनलाई पिठुवाको एक स्कुलबाट समेत केही बर्ष अगाडि मात्रै निकालिएको थियो । उनको श्रीमती पनि शिक्षिका हुन् ।
क्रिष्टल कलेज
पछिल्लो समय क्रिष्टल कलेजमा अध्ययनरत विद्यार्थीहरु आफ्नै शिक्षकबाट नै असुरक्षित भइरहेका छन् । तैपनि बिद्यालय प्रशासन गम्भीर भएको पाइदैन नै उल्टो बिद्यालय प्रशासन स्वयं घट्नालाइ दबाउन खोजिरहेका छन् । आरोपित पराजुलीले समेत म्यासेज सार्वजनिक नगर्न पीडित विद्यार्थीलाइ दबाब दिदै आएका थिए ।

शिक्षा मन्त्रालयमा उजुरी ।
यसैबीच, कलेजविरुद्ध (आइतबार) शिक्षा मन्त्रालयमा समेत उजुरी परेको छ । आफ्नै शिक्षकद्वय हरी प्रसाद न्यौपाने र गोकुल पराजुलीका कारण असुरक्षित हुनुपरेको भन्दै विद्यार्थीहरुले मन्त्रालय गुहारेका हुन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयमा कलेज र दोषी शिक्षक दुबैलाइ हदैसम्मको कार्वाही हुनुपर्ने माग राख्दै उजुरी परेको बताइन्छ ।
सुरुमा न्यौपानेले कक्षा ११ की पुजा सुनार र कक्षा १२ को मन्सारा घिमिरेलाइ अश्लील म्यासेज पठाएको र सो सम्बन्धमा विद्यार्थीहरुले आफ्नी शिक्षिका बिष्णु नेपाल लाइ भनेपछि नेपालले कलेज प्रशासनमा कुरा उठाएकी थिइन् ।
शिक्षिका नेपालले कलेज प्रशासनमा ध्यानाकर्षण गराए पनि बिद्यालय प्रशासन गम्भीर हुनुको सट्टा उल्टो बिद्यालयका प्राचार्य एक बहादुर जिसीले आरोपित शिक्षक न्यौपानेलाइ तपाईं दुइ/ तीन दिन कलेजमा पढाउन नआउनु भनेको र यो कुरा कहिँ कतै सार्वजनिक गरे कक्षा १२ का एक छात्रलाइ शिक्षक न्यौपानेले कलेजबाट नै निष्कासन गरिदिनेसम्मको चेतावनी दिएपछि बिहीबार कलेज तोडफोड भएको थियो ।
बिहीबार एक घण्टा पढेर कक्षा १२ का विद्यार्थीले शिक्षक टंक प्रसाद पराजुलीलाइ घेरा हालेपछि हरी सरलाइ भित्र ल्याइ कोठाभित्र थुनेर राख्यो, एक विद्यार्थी भन्छन् – कलेज प्रशासनले घट्ना गुपचुप बनाउन खोजेपछि हामीले बाध्य भएर कलेज तोडफोड र प्रहरी बोलाउनुपरेको हो ।
आरोपित न्यौपानेलाई अहिले ईलाका प्रहरी कार्यालय रत्ननगरले आफ्नु नियन्त्रणमा लिएको जनाएको छ । उनी माथी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । न्यौपाने पक्राउ परेसंगै पराजुलीको पनि म्यासेज बाहिरिएको हो ।
पराजुली माथि पनि छानबिनको माग ।
यता, सोही कलेजका अर्का शिक्षक तथा सेयर होल्डर गोकुल पराजुलीमाथि समेत छानबिन गर्न विद्यार्थीहरुले माग गरेका छन् । सोही कलेजका कक्षा ११ मा पढाउने एक विद्यार्थीलाइ फोन गरेर अश्लील कुरा गर्ने पराजुली माथि समेत छानबिनको माग गरेको हो । नवदिप टेन्ट हाउसका सञ्चालक समेत रहेका पराजुली रत्ननगर नगरपालिकाका मेयर नारायण वनका निकटतम ब्यक्ति हुन् । उनलेे एक विद्यार्थीलाइ सौराहामा आउ, एक रातको कति लिन्छौं भन्दै म्यासेन्जरमा समेत फोटो पठाउने र तिम्रो यो मन पर्यो त्यो मन पर्यो भन्ने गरेको पीडित विद्यार्थीले बताइन् ।

उनका अनुसार अहिले पराजुली र बिद्यालय प्रशासनले उक्त घट्नालाइ सार्वजनिक नगर्न पीडितलाइ आफुले खुट्टा ढोगेर माफी माग्ने भन्दै केही आर्थिक लोभलालच समेत देखाएको र घट्नालाइ दबाउन खोजेको समेत बुझिएको छ ।

आफूहरुलाई रात बिताउन प्रस्ताव राख्ने र, एक रातको कति लिन्छौंंसम्म पनि भन्ने गरिएको पीडित विद्यार्थीको भनाइ छ । यौन सम्पर्क गर्न दिए प्रश्नपत्र समेत उपलब्ध गराउनेसम्मको लालच देखाउने उनीहरुको आरोप छ । सोही कलेजमा पढाउने शिक्षक न्यौपाने र पराजुलीले पटकपटक अश्लील म्यासेज पठाउने गरेको भन्दै बिद्यालय प्रशासनलाइ समेत जानकारी गराएपनि उक्त घट्नालाइ ढाकछोप बनाउन खोज्नुको साथै, यो कुरा सार्वजनिक गरे विद्यार्थीलाइ बिद्यालयबाटै निष्कासनसम्म गरिदिनेसम्मको धम्की दिने गरेका छन् ।

क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्