काभ्रेस्थलीको बसन्त कोलोनी धमाधम बिकाश हुँदै
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ मा अवस्थित बसन्त कोलोनी भित्र धमाधम बिकाशका काम भैरहेको छ ।
नगरपालिकाको पचास प्रतिशत र बसन्त कोलोनी हाइट उपभोक्ता समितिको तर्फबाट पचास पचास प्रतिशत गरि कुल २० लाख लागतमा ढल तथा हिम पाइप राख्ने कार्य भैरहेको बसन्त कोलोनी हाइट उपभोक्ता समितिकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन ।
श्रेष्ठका अनुसार अहिले २१५ मिटर लम्बाइमा सडक निमार्ण कार्य भैरहेको छ ।
करिव २ बर्ष अघि गठन गरिएको यो उपभोक्ता समितिले सडक , खानेपानी , वाल , लगायतका काम गरेको अध्यक्ष चिन बहादुर अधिकारीले बताए ।
बसन्त कोलोनी हाइट उपभोक्ता समिति अन्र्तगत ६० घर धुरी रहेको बताइएको छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : #बसन्त कोलोनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्