आठ वटा कोरोना खोप भडारण गृह बनाउँदै सरकार
सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक÷एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो ।
सोहीअनुसार प्रदेश नम्बर १ को विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, बागमती प्रदेशको राजधानी हेटौँडास्थितमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिदैछ ।
त्यस्तै लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालीम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ । मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलका अनुसार प्रति भण्डारण गृह रु एक करोड २० लाखका दरले आठ वटा भण्डारण गृह निर्माणमा कुल रु नौ करोड साठी लाख खर्च हुनेछ ।
उहाँका अनुसार प्रदेश–२, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सूचना प्रकाशन भएको पौडेलले बताए ।
कार्यादेश दिएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोग गर्न मिल्ने बताइएको सो भण्डारण गृहमा सम्बन्धित प्रदेशहरुका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप आवश्यकता बमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना खोप भडारण गृह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्