२० औँ साहित्य शृङ्खला सम्पन्न बर्दिवास
– जीवनराज दाहाल ( बर्दिवास )
यही मिति 2077 साल फागुन 8 (आठ) गते शनिबारको दिन बर्दिवास साहित्यिक-साँस्कृतिक प्रतिष्ठानको 20 औं (बिसौं) शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा र प्रतिष्ठानको सचिव यशोदा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको छ ।
यसैगरी शृङ्खलालाई शुभकामना दिने स्रष्टाहरुमा प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानको उपाध्यक्ष जीवनस्पर्शी, कोषाध्यक्ष पवन वाग्ले, बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्निकवच यस प्रतिष्ठानको आख्यान विभागका सदस्य सानीमाया पुलामी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य एवं प्रलेस प्रदेश नम्बर 2 का अध्यक्ष पार्थ सारथि पनि सहभागी हुनुहुन्थो । उक्त शृङ्खलामा विभिन्न लयका कविता, गजल र मुक्तक वाचन गरिएका थिए ।

यस शृङ्खलामा रचना वाचन गर्ने स्रष्टाहरूमा विजय कालीकोट, कञ्चन गिरी, आकृति श्रेष्ठ, जेनिशा थापा, पवन वाग्ले, सानीमाया पुलामी, अग्निकवच, यशोदा श्रेष्ठ, जीवनस्पर्शी र आर सी पौडेल (विपुल) हुनुहुन्थ्यो ।
यसैगरी प्रतिष्ठानको 20 औँ (बिसौं) शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न सहभागी हुने विद्यार्थी तथा अन्य सहभागीहरुमा दीपचन्द्र मण्डल, ज्योति बराइली, नीता बलप्पाकी, मेनुका मगर, सुस्मिता मगर, प्रशान्त खड्का, सुदिप आचार्य, ऋषि साह, कपिल फुयाल, सुलभ कार्की, सन्ध्या श्रेष्ठ, दीप तामाङ, नेहारीका खनाल र प्रयास साही लगायत सम्पूर्ण उपस्थितिलाई प्रतिष्ठानका अध्यक्ष आर सी पौडेल (विपुल)ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्