‘धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्छ’ : भीमसेनदास प्रधान

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्ने बताउनुभएको छ । नेपाल गृहस्थ धर्मसेवा सदनले आज यहाँ आयोजना गरेको ‘सहभोज कार्यक्रम तथा पत्रकार सम्मेलन’मा उहाँले पछिल्लो समय विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बढेको भन्दै त्यसलाई रोक्नका लागि जनस्तरबाटै पहलकदमी लिनुपर्ने बताउनुभएको हो ।
“धर्मका बारेमा ज्ञान भएको नेतृत्व अहिले मुलुकलाई चाहिएको छ”, उहाँले भन्नुभयो । पूर्वरक्षामन्त्री प्रधानले परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व भएको बतानुभयो । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले धर्मको रक्षा गर्ने दायित्व जनताको भएको बताउनुभयो । धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाउने उहाँको भनाइ थियो ।
रिपोर्टर्स क्बल नेपालका अध्यक्ष ऋषि धमलाले घरघरबाट जातीय विवेदको अन्त्य नगरेसम्म छुवाछुतमुक्त देश बन्न नसक्ने धारणा राख्नुभयो । विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले धर्मको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
एक दशक पहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहेको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भीमसेनदास प्रधान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्