संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएको भए म पदबाट राजीनामा दिन्थें ः पार्वत गुरुङ्ग

काडमाडौं । माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले संसद विघटन असंवैधानिक र प्रतिगामी कदम नभएको बताउनु भएको छ ।
बुधवार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन् समारोहलाई सम्बोधन गदै मन्त्री गुरुङ्गले पुस ५ गते प्रधानमन्त्रीद्धारा गरिएको संसद विघटन आफूलाई कुनै पनि तवरबाट असंवैधानिक र प्रतिगामी कदम नलागेको धारणा व्यक्त गर्नू भएको हो ।
उहाँले भन्नुभयो , “मेरो राजनीतिक यात्रा र आजसम्मको अनुभव र अध्ययनले मलाई यो कदम प्रतिगामी हो भन्ने जस्तो लाग्दैन । तसर्थ यो प्रतिगामी कदम हो भन्ने भ्रम नपाल्नुहोस् । यदि मलाई त्यस्तो लागेको भए म यो पदमा बसिरहने थिइन , पदबाटै राजिनामा दिन्थें ।” “ प्रतिगमन प्रतिगमन भनेर भ्रम छदै समय खर्चिनु भन्दा चुनावमा जुट्न सबै बौदिक वर्गलाई अनुरोध गर्दछु ”। उहाँले भन्नुभयो ।
पत्रकार महासंघले आफ्नो स्थापनाको उद्देश्य अनुसार पत्रकारको हक हितको लागि गदै आएको कामहरुको प्रसंसा गदै मन्त्री गुरुङ्गले सरकार पनि श्रमजीवि पत्रकारको हकहितमा बनेको ऐन लागू गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नू भएको छ ।
प्रेस कार्डलाई न्युनतम पाँच वर्षमा रिन्यु गर्ने प्रावधान ल्याउने प्रस्ताव समेत राख्दै उहाँले अनलाइन पोर्टलको नविकरण पौष मसान्तसम्ममा नभएर हरेक आर्थिक वर्षको अन्तयसम्ममा गर्ने नियम बनाउने बताउनु भयो । मन्त्री गुरुङ्गले कोभिडबाट प्रभावित र विस्थापित पत्रकारहरुको नाममा हाल पाँच करोडको राशीको कोष रहेको जीवनबृति कोषलाई “पत्रकार कल्याणकारी कोष ”मा रुपान्तरण गरि रकम थप गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।
साथै पत्रकारहरुले सकारात्मक र आशालाग्दा कुराहरुको खोजीसमेत गरेर समाजलाई परिवर्तनको बाटोमा लैजान पहल गर्न अनुरोध समेत गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #news, #माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्