सञ्चारमन्त्रीद्धारा पत्रकारलाई राहत प्याकेज ल्याउने घोषणा
सूचना प्रविधिमन्त्री पार्वत गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नु भयो ।
‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भन्नुभयो, ‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई आग्रह समेत गर्नु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आईतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गर्नु भएको हो ।
उहाँले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पार्नु भयो । उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनु भयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्