राष्ट्रपतिसँग अमेरिकी राजदूतको भेटवार्ता
१४ माघ, काठमाडौं ।
राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटवार्ता गरेका छन् ।जो बाइडनले अमेरिकाको सत्ता सम्हालेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएका बेरीले पछिल्लो पटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
राष्ट्रपति भण्डारीसँगको भेटमा राजदूत बेरीले अमेरिकी राष्ट्रपति बाइडनले लोकतन्त्रलाई मजबुत बनाउन र महिला तथा किशोरीहरुको उत्थानमा केन्द्रित भएर कसरी काम गर्दैछन् भन्नेबारे जानकारी गराएको जानकारी दिएका छन् ।
त्यसअघि राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए ।पछिल्ला भेटहरु नयाँ राष्ट्रपति बाइडनको नेपाल र विश्वव्यापी प्राथमिकताबारे जानकारी गराउने उद्देश्यले भएको राजदूत बेरीले बताएका छन्
क्याटेगोरी : अन्तरवार्ता
ट्याग : #BREAING, #राष्ट्रपति विद्या भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्