चितवन प्रहरीद्वारा फरार २५ जना ब्यक्ति पक्राउ

चितवन । चितवन प्रहरीले एकैदिन २५ जना फरार ब्यक्तिलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटिएको प्रहरीको विशेष टोलीले विभिन्न मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट कैद तथा जरीवाना सजाय सुनाई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तिराज गुरुङले जानकारी दिए ।
एसपी गुरुङका अनुसार नकवजनी चोरी, सवारी ज्यान, लागू औषध, बहु बिबाह, बन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसूर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका २२ पुरुष र ३ महिला गरि २५ जनालाइ खोजतलास गर्ने क्रममा उनीहरुलाइ हिजो बुधबार पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेकाहरुलाइ फैसला कार्यान्वयनको लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको एसपी गुरुङले बताए । साथै, उनलेे विभिन्न मुद्दामा विभिन्न समयमा फरार रहेका अन्य ब्यक्तिहरुको समेत चितवन प्रहरीले खोजीकार्यलाई तीव्रता दिइएको समेत जनाएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्