प्रतिनिधिसभा विघटनबारे सरकार र राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गर्ने
काठमाडौं, १९ पुस । प्रतिनिधिसभा विघटनबारे सरकार र राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज राष्ट्रपति कार्यालयले लिखित जवाफ पेश गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात ५ दिनभित्र पेश गर्न आदेश दिएको थियो ।
राष्ट्रपति कार्यालय स्रोतकाअनुसार कानूनी परामर्श सकिएकाले आज आइतबार दिउँसो जवाफ पेश गर्ने तयारी छ । त्यस्तै सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्